Wed. Dec 4th, 2024

सरकारको चेतावनी– उद्योगमा काटिएका बिजुली जोड्ने निर्णय कार्यान्वयन नगरे क्षम्य हुँदैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारको निर्णय कार्यान्वयन नगरे क्षम्य नहुने चेतावनी दिएका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरूले मन्त्री गुरुङलाई बिजुली काटिएका उद्योगको लाइन जोड्ने सरकारको निर्णय नमान्ने नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको अडानबारे प्रश्न गरेका थिए ।

जवाफमा मन्त्री गुरुङले सरकारले गरेका निर्णयमा कर्मचारीले आफ्ना मत राख्न पाउने तर निर्णय कार्यान्वयन गर्दिन भन्ने कुरा क्षम्य नहुने बताएका हुन् । उनले उद्योगहरूमा विद्युत् बन्द गर्दा मुलुकको औद्योगिक क्षेत्रलाई असर गरेको, रोजगारी, राजस्वमा प्रभाव परेको भन्दै सरकारले सो निर्णय लिएको बताए ।

उनले सरकारले डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल पनि बिलअनुसार १५ दिनभित्र बुझाउन सरकारले निर्देशन दिएको बताए ।

About The Author

अन्य समाचारहरु: