Wed. Dec 4th, 2024

सन् २०२४ अहिलेसम्मकै तातो वर्ष हुने : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले सन् २०२४ अहिलेसम्मकै तातो वर्ष हुने बताएको छ । जनवरीदेखि सेप्टेम्बरसम्मको औसत तापक्रम औद्योगिक युग शुरू हुनुअघिको तापक्रमभन्दा एक दशमलव ५४ डिग्री सेल्सियसले बढी रहने डब्ल्यूएमओको ठहर छ ।

विश्वको तापक्रम पहिलोपल्ट औद्योगिक युग शुरू हुनुअघिको भन्दा एक दशमलव ५ डिग्री सेल्सियसभन्दा धेरैले बढ्न लागेको हो । सन् २०२४ अहिलेसम्मको तातो वर्ष हुनुका साथै सन् २०१५ देखि २०२४ अहिलेसम्मकै तातो वर्ष हुने भएको छ । यो भनेको पछिल्लो दशकमा पृथ्वीको तापक्रम लगातार बढेको हो ।

बितेको १० वर्षमा महासागरको तापक्रम निकै बढेको छ । अन्टार्कटिक समुद्री बरफको रेकर्ड सबैभन्दा कम र हिमनदीको क्षति सबैभन्दा बढी हुने डब्ल्यूएमओको भनाइ रहेको बीबीसीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: