धादिङ -गणेश हिमाल बेस क्याम्प नजिकै धादिङको रुवीभ्याली गाउँपालिका–४ बगममा फसेकाहरुको नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ ।
हाइ अल्टिच्युटका कारण बिरामी परेर सोमबार रातीदेखि फसिरहेका डिभिजन वन कार्यालय धादिङका प्रमुख बिष्णु प्रसाद आचार्य र रेन्जर अनुसुया ढुंगानालाई उद्धार गरी रुवीभ्याली गाउँपालिका–४ हिन्दुङ ल्याइएको धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।
बुधबार दिनभर उद्धारको प्रयास भएपनि खराब मौसमका कारण हेलिकप्टर ल्याण्ड गर्न नसकेर नेपाली सेनाको हेलिकप्टर फर्किएको थियो ।
पर्यापर्यटन प्रवद्र्वनको उद्देश्यले धादिङको रुवीभ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली १० दिनका लागि यात्रामा थिए ।