Wed. Dec 4th, 2024

बयानका लागि रवि लामिछानेलाई काठमाडौँ ल्याइयो

काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएको छ ।

बिहीवार साँझ लामिछानेलाई काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि ल्याइएको हो । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम समेत अपचलन गरेको उनीमाथि आरोप लागेको छ । यसैबारे बयान लिन र थप अनुसन्धान गर्न उनलाई साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो ।

About The Author

अन्य समाचारहरु: