Wed. Dec 4th, 2024

तस्बिरमा हेर्नुहोस् पशुपति मन्दिरमा चढाउन ल्याएको फुलको तोरन

धादिङ – शुक्रबार साँझबाट सुरु भएको धादिङबेसी स्थित पशुपति मन्दिरको जात्रा सकिएको छ ।


 बाला चतुर्दशीको अघिल्लो रात भक्तजनहरुले जाग्राम बसेर बत्ति बाल्ने, भजनकृतन गर्ने गर्दछन् ।पितृहरुको सम्झनामा रातभर मन्दिर प्राङ्गढमा बसेर बत्ति बाल्दै भजनकृतन गर्ने र विहान भएपछि सतविज छर्ने चलन रहिआएको छ। रातभर बालेको बत्ति र फुलअछेता नजिकैको खोलामा स्नान गरेर सेलाउने चलन छ ।गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिज छर्ने चलन छ ।


मनोकामना पुरा होस् भनेर घरमै पुजा लगाएर फुलको डोली पनि लैजाने चलन छ । फुलको डोली ल्याउने भक्तजनहरुले नीलकण्ठ–१२ मा रहेको मन्दिर परिसरबार नीलकण्ठ–३ को पिपलबोटमा फुलको तोरन तार्ने प्रचलन रहेको छ ।


धादिङको नीलकण्ठ नगरपालिका–१२ सांकोषमा रहेको पशुुपति मन्दिरमा यो वर्ष एक हजार किलो र सात सय किलोको दुुई वटा तोरन टागिएको छ ।

About The Author

अन्य समाचारहरु: