Sat. Jan 18th, 2025

यू-१९ एसिया कप आज नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं– जारी एसिसी यू–१९ एसिया कपमा आज नेपाल र बंगलादेशबीच खेल हुँदैछ । खेल युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार बिहान १०ः४५ बजे सुरू हुनेछ ।

शुक्रबार सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो । सेमिफाइनलमा पुग्नका लागि नेपाललाई आजको खेल जित्न जरूरी छ ।

समूह चरणकै खेलमा बंगलादेशले अफगानिस्तानलाई ४५ रनले पराजित गरेको थियो । नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेल अफगानिस्तानसँग मंगलबार खेल्नेछ । आठ टिम सम्मिलित प्रतियोगितामा नेपाल, बंगलादेश, अफगानिस्तान र श्रीलंका समूह बीमा छन् । समूह ए मा युएई, जापान, भारत र पाकिस्तान छन् ।

शनिबार भएको समूह बीको खेलमा भारतविरूद्ध पाकिस्तान र जापानविरूद्ध युएई विजयी भएको थियो । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ ।

About The Author

अन्य समाचारहरु: