Sat. Jan 18th, 2025

केही ठाउँमा आजै मतगणनाको तयारी, पर्सि बिहानसम्म सबै ठाउँका परिणाम आइसक्ने

काठमाण्डौ – पालिका उपचुनावको मतगणना आजै रातिदेखि शुरू हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता एवम् उपसचिव दुर्गाप्रसाद चालिसेले मतदान सम्पन्न भएसँगै सर्वदलीय छलफल गरे आजै बेलुकादेखि वडाहरूको मतगणना शुरू गर्ने तयारी रहेको जानकारी दिए।

पालिकास्तरको मतगणनाका लागि सबै मतदान केन्द्रबाट मतपत्र सङ्कलन गर्न केही समय लाग्ने भएकाले त्यहाँ भोलि बिहानदेखि मतगणना शुरू हुने आयोगका सहायक प्रवक्ता चालिसेले बताए ।

दोलखा, बाजुरा, हुम्लाजस्ता दुर्गम ठाउँहरूमा रातिसम्म मतपेटिका सङ्कलन हुने भएकाले त्यहाँ तत्काल मतगणना शुरू गर्न कठिनाइ हुने देखिएको छ । यद्यपि आजैदेखि शुरू भएका वडाहरूको मतगणनाको प्रारम्भिक नतिजा भोलि बिहानसम्म आउन सक्ने र भोलि बेलुकासम्म धेरैजसो ठाउँको मतपरिणाम सार्वजनिक हुने अपेक्षा गरेको सहायक प्रवक्ता चालिसेले बताए ।

बढी मतदाता भएका पालिका जस्तै– काठमाण्डौको कीर्तिपुर नगरपालिका, मोरङको ग्रामथान गाउँपालिकालगायतका ठाउँमा मतपरिणाम पर्सिसम्म मात्रै आउने चालिसेले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: