Sat. Jan 18th, 2025

उपनिर्वाचन: रास्वपाले जित्यो काठमाडौं-१६ को वडाध्यक्ष

काठमाडौं– काठमाडौं महानगरपालिका १६ को वडाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेको छ । पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका–१६ मा जित हात पारेको हो।

रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भइन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा ९एमाले० का लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत प्राप्त गरे । तेस्रो स्थानमा आएका नेपाली कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे । एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १ हजार ९२ मत ल्याएर चौथो भए ।

२०७९को निर्वाचनमा यस वडा नेपाली कांग्रेसले जितेको थियो । कांग्रेसमा मुकुन्द रिजालले त्यतिबेला ४ हजार १९ मत ल्याएर वडाध्यक्ष जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मीरत्न तुलाधरले ३ हजार ३ सय १० मत प्राप्त गरेका थिए।

About The Author

अन्य समाचारहरु: