धादिङ । बेनिघाटरोराङ गाउँ पालिका वडा नम्बर २ ताल्तीमा लैंगिक हिंसा अन्त्य गर्नका लागि स्थानीयबासी र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत २ नम्बर वडा कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा घरभित्रको हिंसा, बालबिबाह, बहुविवाह आदि कारणले हुन सक्ने हिंसाका बारेमा छलफल गरिएको छ ।
गाउँ घरमा भएका लैंगिक हिंसा अन्त्यगर्न सचेतना गर्ने र घरघरबाट हिंसा अन्त्य गर्ने कार्यक्रम ल्याउन सहभागीहरुले आग्रह गरे । कार्यक्रममा वडा अध्यक्ष हेमराज भुजेलसहित जनप्रतिनिधि र स्थायीबासी नागरिकहरु सहभागी थिए ।
वडा कार्यालयले आयोजना गरेको अन्तरक्रियालाई फोकस नेपाल र दियालो कृषि साना किसना सहकारी संस्थाले सहयोग गरेको थियो ।