![](https://www.pabilnews.com/wp-content/uploads/2024/12/China-Nepal-KP-Olio-1733232168-1024x538.jpg)
काठमाडौं -चीनले नेपाललाई झन्डै नौ अर्ब रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई ५०० मिलियन आरएमबी दिने घोषणा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । जुन अहिलेको विनिमय दरअनुसार नेपाली नौ अर्ब ३० करोड रुपैयाँ हुन्छ ।चारदिने भ्रमणको सिलसिलामा प्रधानमन्त्री ओली चीनमा छन् ।