Sat. Jan 18th, 2025

पत्रकार महासंघको निर्वाचन बहिष्कार गर्ने मिडिया नेपालको निर्णय

काठमाडौं– मिडिया नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा भाग नलिने भएको छ । महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ ।

“महासंघको घिनलाग्दो गतिविधिले धेरै अग्रज र सकृय पत्रकार महासंघको सदस्य बन्न रुचाउँदैनन्,” मिडिया नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “आफ्नो पेसा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएहरूको हालिमुहाली रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ ।”

महासंघको निर्वाचन पत्रकारको नभएर पार्टीको भातृ संगठनको निर्वाचन भएको मिडिया नेपालले टिप्पणी गरेको छ । महासंघको निर्वाचन र मतदानमा सहभागी नहुन र मतदान समेत नर्गन सक्रिय पत्रकारहरूलाई मिडिया नेपालले आह्वान गरेको छ ।

About The Author

अन्य समाचारहरु: