धादिङ– चितवनबाट काठमाडौतर्फ आउदै गरेको भारतीय नम्बरको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरमा आइतबार बिहान दुर्घटनामा परेको हो । बिलेट सडकबाट तल खसेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार दुर्घटनामा उद्दार गरिदैछ । घाइते कोहि भएटिएको छैन । चालक सहचालक समेत नभेटिएकोले दुर्घटना स्थलमा खोजी कार्य भैरहेको छ ।
सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।
सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध र ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराईदिन अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।