Tue. Jan 14th, 2025

‘पुष्पा २’ ले तीन दिनमै विश्वभर कमायो ६०० करोड भारु

काठमाडौं – सुकुमार निर्देशित भारतीय फिल्म ‘पुष्पा २ : द रुल’को विश्वव्यापी आक्रामक कमाइको गति रोकिने छाँटकाँट छैन । भारतीय फिल्म विश्लेषकका अनुसार यो फिल्मले ३ दिनमा विश्वव्यापी ६०० करोड भारु कमाएको छ । यो फिल्मले ३ दिनसम्म नेपालमा साढे ८ करोड भारु कमाएको जनाइएको छ ।

भारतीय फिल्मको ब्यापार हेर्ने एजेन्सी स्याकनिल्कका अनुसार यो फिल्मले बिहिबार १६४.२५ करोड नेट भारु, शुक्रबार ९३.८ करोड भारु र शनिबार ११९.२५ करोड भारु नेट कमाएको छ ।

यस हिसाबअनुसार भारतभरको कलेक्सन ३८७.०५ करोड नेट (४६३.९ करोड ग्रस) छ । ब्यापार विश्लेषक रमेश बालाका अनुसार फिल्मले ३ दिनमा विश्वब्यापी ६०० करोड नेट कमाएको छ । ‘यो आँकडा यति छिटो पार गर्ने पुष्पा २ पहिलो भारतीय फिल्म हो’ बालाले एक्समा लेखेका छन् ।

आइतबारसम्म फिल्मले विश्वब्यापी ८०० करोड भारु कलेक्सन पार गर्ने प्रक्षेपण छ । फिल्मले पहिलो दिन विश्वब्यापी २९४ करोड भारु कमाएको थियो । यो फिल्मले सन् २०२१ को फिल्म ‘पुष्पा : द राइज’को श्रृंखला हो ।

यो फिल्मको कथा रक्तचन्दन ब्यापारी वरपर घुम्छ । ऊ सिन्डिकेटको प्रमुख समेत हो ।

About The Author