Thu. Jan 23rd, 2025

झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउन अदालतको आदेश

जिल्ला अदालत, काठमाडौंले सवारी ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका झाँक्री प्रकाश भुजेललाई थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भएका थिए ।

दुवै जनाको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

About The Author

अन्य समाचारहरु: