Sat. Jan 18th, 2025

आप्रवासीका सन्तानलाई जन्मसिद्ध नागरिकता नदिइने ट्रम्पको अर्को घोषणा

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरुलाई देश निकाला गर्ने विवादास्पद धारणापछि उनीहरुका सन्तानलाई दिईंदै आएको जन्मसिद्ध नागरिकताको प्रावधान परिवर्तन गर्नुपर्ने पक्षमा देखिएका छन् । एनबीसी न्यूजसँगको कुराकानीमा ट्रम्पले अवैध आप्रवासीलाई देश निकाला गर्ने दोहोर्याएका छन् ।

उनले आगामी जनवरी २० मा कार्यकालको पहिलो दिनमै आप्रवासीबाट अमेरिकी भूमिका जन्मेका शिशुलाई प्रदान गरिने जन्मसिद्ध नागरिकताको प्रणालीलाई अन्त्य गर्न चाहेको बताए । हालसम्म अमेरिकामा जन्मेका जोकोहीलाई जन्मसिद्ध नागरिकताको अधिकार छ ।

अमेरिकामा एक करोड १० लाखभन्दा बढी आप्रवासी गैरकानुनी रुपमा बसोबास गर्दै आएका छन् । यसअघि पनि ट्रम्पले गरेको गैरकानुनी रुपमा बस्दै आएका आप्रवासीलाई सोझै देश निकाला गर्ने घोषणालाई सर्वोच्च अदालतले रोकिदिएको थियो ।

About The Author

अन्य समाचारहरु: