काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई एक सय ६८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले ६ विकेट गुमाएर एक सय ६७ रन बनायो ।
लुम्बिनीका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ८० रन बनाए । यस्तै साद बिन जफरले ५२ रन बनाए । चितवनका रिजन ढकालले तीन विकेट लिए । यस्तै कुशल मल्ल र रन्जित कुमारले समान एक विकेट लिए । चितवनले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।
यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो १ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । अहिलेसम्म १५ वटा खेल सम्पन्न भएका छन् ।