Fri. Jan 17th, 2025

नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष मगरलाई फोनिज धादिङद्धारा सम्मान

धादिङ-नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृृष्ण सारु मगरलाई धादिङमा सम्मान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) धादिङले नवनिर्वाचित अध्यक्ष मगरलाई धादिङमा सम्मान गरेको हो ।

सम्मान कार्यक्रमको सम्बोधन गर्दै मगरले चुनावी मैदानमा रहदा गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए । ‘तपाईहरुको विश्वासले चुनावमा होमिएको थिए । जुन विश्वासले मैदानमा थिए, विगतका दिनहरुमा जस्तै तपाईहरुले पनि विश्वास गरेर मलाई जिताउनु भएको छ । म यहाँसम्म आइपुग्नुमा फोनिज र फोनिजकर्मीहरुको महत्वपूर्ण योगदान रहेको छ’ उनले भने– ‘राजतिनिक संगठन भन्दा पनि माथि उठेर फोनिजलाई प्राथमिकतामा राखेको काम गर्नेछु । पत्रकार महासंघ र फोनिजको गरिमा, साझा र व्यवसायिक चरित्र कायम गर्न गुनासोरहितको काम गर्दै संस्थाको गरिमा अझ थप उचाईमा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दछु ।’

‘फोनिजले उठाएका थुप्रै सवालहरु अझै अधुरा छन् । ति सवालहरुको सम्बोधन गर्ने प्रयन्त रहनेछ । सत्य नारायण बहादुर श्रेष्ठ नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष हुन् भनेर हामी लडिरहेका छौं । मैले बागमती प्रदेश अध्यक्षको जिम्मेवारी सम्हालिरहदा थप समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दछु’ उनले भने ।

फोनिजलाई नेपाल पत्रकार महासंघ बागमती प्रदेशबाट गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने उनले बताए । ‘पत्रकार र संचार माध्यम व्यवसायिक धरातलमा टिकाएर स्वतन्त्र पत्रकारिता कायम राख्नु पर्ने अवस्था छ । विभिन्न चुनौतिका बाबजुद पछि हाम्रो पत्रकारिता र विश्वसनियता कायम राख्नु पर्छ । हामी श्रमजिवी पत्रकार हौं’ उनले भने– ‘आदिवासी जनजाति पत्रकारहरुको हकहितमा काम गर्ने विश्वास दिलाउन चाहन्छु । तपाईहरुको धेरै अपेक्षाहरु होलान् । सकेसम्म ति सबै अपेक्षाहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । सबै मतदाता र विशेषगरी फोनिजका साथीहरुप्रति आभारी छु ।’

कृष्ण जीको जीतले सिंगो फोनिजकर्मीमा आशाको दियो बालेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ९फोनिज० बागमती प्रदेश समितिका कोषाध्यक्ष शंकर श्रेष्ठले बताए । उनले भने– ‘आदिवासी जनजाति नेतृत्वमा कमै पुग्ने गरेका छन् । बागमती प्रदेशको अध्यक्षको नेतृत्वमा पुग्नु सामान्य कुरा होइन । यो कार्यकालमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशले निकै फड्को मार्ने विश्वास लिएका छौं । अन्य फोनिजकर्मीहरुका लागि पनि प्रेरणा बन्नेछ, बधाई अनि शुभकामना ।’

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ९फोनिज० धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृृष्ण सारु मगरलाई बधाई दिदै सिंगो फोनिजको जित रहेको बताए । ‘पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान र स्थापित बनेका मगर फोनिज आन्दोलनका अगुवा हुन् । प्रदेश अध्यक्षमा निर्वाचित हुनुले आदिवासी जनजाति पत्रकारहरु एक ढिक्का छन् भन्ने सन्देश दिएको छ । सबैले वाह भन्ने खालका काम गर्न सक्नुहोस्, बधाई अनि शुभकामना’ उनले भने ।

About The Author

अन्य समाचारहरु: