Fri. Jan 17th, 2025

बाजुरामा भूकम्पले १५ घरमा पूर्ण क्षति

काठमाडौं– बाजुरा केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट मानवीय क्षति नभए पनि १५ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराका अनुसार भूकम्पले क्षति पुगेका घरका सदस्यलाई सुरक्षित ठाउँमा सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले हालसम्म १५ घर बस्न नमिल्ने गरी क्षति पुगेको जानकारी आएको र थप जानकारी लिने कार्य भइरहेको बताए । ‘भूकम्पले मानवीय क्षति भएको छैन । पूर्ण रुपमा क्षति पुगेका घरका परिवारलाई नजिकै, आफन्तको घरमा सुरक्षित रहन भनेका छौं’, उनले भने ।

सीडीओ पाध्याका अनुसार १५० भन्दा बढी घरमा भूकम्पले आंशिक क्षति पुर्‍याएको छ । ‘विवरण संकलन गर्ने काम भइरहेको छ । भोलिसम्म योबारे पूर्ण जानकारी मिल्ला’, उनले भने ।

About The Author

अन्य समाचारहरु: