Thu. Jan 23rd, 2025

सरसफाईमा ध्यान नदिने फोहोरी होटललाई अनुगमन समितिको जरिवाना

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको भैरवीनाथ भोजनालयलाई २५ हजार जरिवाना गरिएको छ । अखाद्य वस्तु विक्रि गरिएको भेटिएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले बताए ।

अनुगमनका क्रममा म्याद गुज्रेको खानेकुराहरु विक्रि गरेको भेटिएपछि कार्वाहि गरिएको उनले बताए । ‘हामी नियमित अनुगमनमा छौं । यस अघि पनि थुप्रै होटल तथा पसलहरुलाई कार्वाहि तथा निर्देशन दिएका छौं । निर्देशन पालना नगर्नेलाइ कार्वाहि पनि गर्दै आएका छौं । यो अनुगमन नियमित चल्नेछ’ उनले भने ।

प्रादेशिक व्यापार तथा व्यवसाय ऐन२०७६ दफा ६१ ९१० बमोजिम कार्वाहि गरिएको उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख पुरीले बताए । उनले भने– ‘होटलमा खानेकुराहरु खान सक्ने अवस्थामा थिएन । फ्रिजमा राखेको मासु लगायतका खानेकुरा सडेको थियो । सरसफाई पनि थिएन । खानेकुराहरुको लेवलिङ थिएन । त्यसैले, अखाद्य वस्तुहरु नष्ट गरि २५ हजार जरिवाना गरिएको हो ।’

About The Author

अन्य समाचारहरु: