Sat. Jul 13th, 2024

धादिङको गजुरीमा तिज गित प्रतियोगिता, लक्ष्मी महिला सहकारी प्रथम

teej-ko-foto
आशिष ठकुरीगजुरी – महिलाहरुको महान् पर्व हरितालिका तिज नजिकीँदै गर्दा विभिन्न ठाउँमा साँस्कृतिक तथा सचेतनामुलक कार्यक्रहरु भैरहेका छन् ।

यसैगरी शनिबार धादिङको गजुरी १ मा रहेको आर्दश उच्च माध्यमिक विद्यालयमा सरसफाई तथा स्वच्छता सम्बन्धि वडा स्तरिय तिज गित प्रतियोगिता भएको छ । प्रतियोगिता शान्ति नेपाल र अक्सफाम सँस्थाको सहयोगमा आमा समुह सन्जाल गजुरीले आयोजना गरेको हो ।

तिज गित प्रतियोगिता कार्यक्रममा प्रतियोगी समुहहरुले सचेतनामुलक गितहरु प्रस्तुत गरेको थिए । प्रतियोगितामा लक्ष्मी महिला बचत तथा क्रृण सहकारी सँस्था प्रथम, भद्रकाली आमा समुह दृतिय र चेपाङ छात्राबास तृतिय भएका छन् । प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने समुहलाई क्रमश  १ हजार, ७ सय, ५ सय रुपैँया र प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

प्रतियोगितामा ७ वटा समुहले सहभागिता जनाएका थिए । आमा समुह सन्जाल गजुरीकी अध्यक्ष बबिता कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाविस सचिव मनचन्द्र धरलाको प्रमुख आतिथ्यता र विभिन्न सँघसँस्थाका प्रतिनिधी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

निर्णायकहरु रामबहादुर क्षेत्री, उद्धव चेपाङ र विष्णुमाया श्रेष्ठले प्रतियोगिहरुले प्रस्तुत गर्नुभएको गितको शब्द, भाव, स्वर लगायतको मुल्याङ्कन गर्नुभएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: