Fri. Jul 19th, 2024

चाडपर्वसँगै अखाद्य वस्तुको मिसावट बढ्यो

sweet
२८ भदौ, काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका विभिन्न मिठाई पसलमा निगरानी र अनुगमन बढाएको छ।

हिन्दु धर्माबलम्बीहरुको महत्वपूर्ण पर्व दसैं तथा तिहार नजिकिँदै गर्दा मिठाई पसलहरुले अखाद्य वस्तुको मिसावट गर्न सक्ने भएकाले जिल्ला प्रशासन कार्यालयले अनुगमन बढाएको  छ ।

अखाद्य वस्तुको मिसावट गर्ने प्रवृत्ति निरुत्साहित गर्न खाद्य तथा वाणिज्य टोलीहरुको सहभागितामा अनुगमनलाई तीब्र पारिएको प्रशासनले जनाएको छ ।

दुई मिठाई पसल सिलबन्दी

अनुगमनका क्रममा प्रशासनले दुई मिठाई पसल सिलबन्दी गरी कारबाही थालेको छ । गौशालाको व्यञ्जन मिठाई पसल र त्रिपुरेश्वरको आँगन मिठाई पसलमा सिलबन्दी गरिएको हो ।

सिलबन्दी गरिएका पसललाई खाद्य ऐनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रशासनको भनाई छ । नयाँ पत्रिकाबाट

About The Author

Loading...

अन्य समाचारहरु: