Fri. Mar 21st, 2025

हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन संसदलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

यहि माघ १८ गते दिउँसो १ बजे बस्ने संसदको हिउँदे अधिवेशनको पहिलो दिन प्रधानमन्त्री ओलीले सदनलाई सम्बोधन गर्ने तयारी गरेका हुन् ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले उक्त दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । हिउँदे अधिवेशनबारे सभामुख देवराज घिमिरेले आज सत्तापक्षका प्रमुख सचेतकहरूसँग छलफल गरिसकेका छन् ।

About The Author

अन्य समाचारहरु: