
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजापट्टी अमेरिकाले आफ्नो स्वामित्वमा लिने घोषणा गरेका छन्।
मंगलबार इसराइली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसहितको संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले गाजापट्टी अमेरिकाले आफ्नो अधीनमा लिने बताएका हुन्।
‘गजाको स्वामित्व हामी लिनेछौं र त्यहाँ रहेका सबै खतरनाक तथा नपड्किएको बम र अन्य हतियारहरू नष्ट गर्नेछौं,’ ट्रम्पले भने।
अमेरिकी मिडिया सिएनएनका अनुसार पत्रकारहरूले ट्रम्पलाई त्यसो भए गजामा अमेरिकी सेना पठाउन लागिएको हो भनेर प्रश्न गरेका थिए।
त्यसको जबाफमा ट्रम्पले अस्वीकार भने गरेनन्।
‘हामी आवश्यकता अनुसार गर्नेछौं। यदी आवश्यक परे त्यसो गर्न पनि सक्नेछौं। हामी गजालाई आफ्नो अधीनमा लिएर त्यहाँ विकास गर्नेछौं,’ ट्रम्पको भनाइ उद्धृत गर्दै सिएनएनले लेखेको छ।