Fri. Jul 12th, 2024

हिन्दू नारीहरूको महान पर्व तीज सुरु, आज दर खाइँदै

teej-ko-foto
२९ भदौ, काठमाडौं -हिन्दू नारीहरूको महान चाड तीज आजबाट सुरु भएको छ । तीजको पहिलो दिन आज साँझ घर घरमा विभिन्न मीठा परिकार बनाएर दर खाने गरिन्छ ।

नेपाली परम्परा अनुसार हरितालिका तीजको अवसरमा दिदी वहिनी र आफन्तहरूलाई घरमा बोलाएर दर खुवाउने चलन छ । तीजको अघिल्लो दिन आज खीर, गुँद, हलुवा, घीउ, दही, दूध, मिठाइ, फलफूल जस्ता खाद्य पदार्थ बनाएर राति अबेरसम्म दर खाने गरिन्छ ।

दर खाएको भोलिपल्ट निराहार व्रत बस्ने, पुजाआज र नाचगान गर्ने गरिन्छ । तीजको दिन भोलि पशुपती लगायत देशभरका शिव मन्दिरमा विहानै देखि महिलाहरूको भिड लाग्ने गर्दछ । परापुर्व कालमा देवी पार्वतीले शिवजीलाई स्वामी पाउँ भनि निराहार ब्रत बसेको र उनको कामना पूरा भएको विश्वासमा अविवाहिता नारीले सुयोग्य पति तथा विवाहिताहरूले परिवारको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै ब्रत बस्ने चलन छ ।
धादिङको पनि विभिन्न मन्दिरहरुमा पूजा गर्ने महिलाहरुको घुइचो लाग्ने गर्दछ ।

About The Author

Loading...

अन्य समाचारहरु: