
काठमाण्डौ – कास्कीको पोखरा महानगरपालिकाले कोटीहोम रोक्न खोजेपछि झडप भएको छ । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइडमा भूमिपुजन गर्न खोजेको अवस्थामा महानगरको प्रहरीले रोक्न खोजेको थियो ।
अनुमतिबिना नै भूमिपुजन गर्न खोजेको र महानगर प्रहरीले रोकेपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
झडपमा दुई पक्षका केही घाइते भएका छन् । लेकसाइडको बाराहीघाटमा रहेको नेपाल ट्रष्टको जग्गामा कोटिहोम आयोजक मानव सेवा फाउण्डेसनले आज भूमीपुजनको आयोजना गरेको थियो ।