Fri. Jul 19th, 2024

आज हरितालिका तीज, धादिङमा पनि मनाइदै

teej-ko-foto

३० भदौ,धादिङ – आज हरितालिका तीज । नेपाली हिन्दु महिलाहरुले हर्षोल्लासका साथ मनाउदैछन् । हिमालयकी छोरी पार्वतीले महादेव पति पाउनका लागि कठोर ब्रत गरी आफ्नो कामना पूरा गरेको धार्मिक कथनअनुसार यो पर्व मनाइँदै आएको मानिन्छ ।

यस सांस्कृतिक पर्वमा पानीसमेत नखाई विवाहित महिलाहरु शिवको पूजा९आराधना गर्दै आफ्ना पतिको दिर्घायु, सुस्वास्थ्यको कामना गरी ब्रत बस्दछन् भने अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पति प्राप्त गर्ने कामनाका साथ ब्रत बस्ने गर्दछन् ।

यस दिन जलसमेत नखाई ब्रत बस्नुपर्ने हुनाले अघिल्लो दिन बेलुकी नै विभिन्न परिकार तथा मिष्ठान्न तयार गरी व्रतालुहरुले दर खाने प्रचलन छ । तीजको अवसरमा आज महिलाहरु विहानै विभिन्न मुलुकभरका विभिन्न तीर्थस्थल मन्दिर तथा देवालयमा गई शिव पार्वतीको पूजा र उपासनामा व्यस्त हुनेछन् ।

महिलाहरु आज तिज सम्बन्धी गीत, भजन र चुट्का गाएर आफ्नो मनभित्रको बह पोख्ने गर्दछन् । आज बिहानैदेखि महिलाहरु सौभाग्य सुचक धागोपोते, टीका-गरगहना, रङ्गीचङ्गी कपडा, पहिरेर आराध्यदेव पशुपतिनाथ लगायत अधिराज्यका विभिन्न शिवमन्दिरहरुमा जम्मा भैरहेका छन् ।

तीजको अवसर पारेर सदरमुकाम धादिङबेसी नजिकै रहेको पशुपतिनाथको मन्दिर तथा विभिन्न शिवालयहरुमा महिलाहरुको घुइचो लाग्ने गर्दछ ।त्यस्तै गरी विभिन्न संघसंस्थाहरुले तीज विशेष कार्यक्रमको पनि आयोजना गरेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: