Mon. May 19th, 2025

गणतन्त्र जोगाउन ओली, देउवा र प्रचण्डबीच एक हुने सहमति

काठमाडौं– मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि शीर्ष तीन दलका नेताहरूबिच सहमति जुटेको छ । शनिबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच गणतन्त्र पक्षधर शक्तिहरू एक भएर अघि बढ्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलका अनुसार, बैठकमा संविधानको संरक्षण, सामाजिक अराजकता रोकथाम, र मुलुकको शान्ति सुरक्षामा खलल नपरोस् भन्ने उद्देश्यका साथ सहकार्यमा जोड दिइएको छ । ‘संविधान विरोधी गतिविधि र समाजमा अराजकता फैलाउने प्रयासप्रति सचेत रहँदै गणतन्त्र पक्षधर शक्तिहरू एकै मोर्चामा उभिनुपर्ने सहमति बन्यो,’ खरेलले बैठकपछि सञ्चारकर्मीसँग भने ।

बालुवाटारमा करिब डेढ घण्टा लामो भएको उक्त छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार खरेल पनि सहभागी थिए ।

बैठकमा हालको राजनीतिक परिस्थिति, सङ्घीयता, समावेशिता र लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकालिएको बताइएको छ ।

About The Author

अन्य समाचारहरु: