Mon. May 19th, 2025

राप्रपाले आन्दोलनमा अराजकता फैलाए कानुन बमोजिम कारबाही हुन्छ : गृह मन्त्रालय

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले )आइतबार काठमाडौंमा विरोध प्रदर्शन गर्ने तयारी गरेको छ। पार्टीले यसअघि निषेधित क्षेत्र तोड्ने चेतावनी दिँदै सामूहिक गिरफ्तारी दिने योजना पनि सार्वजनिक गरिसकेको छ।

बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले आन्दोलनको कार्यक्रम तय गर्दै कडा कदम चाल्ने निर्णय गरेको थियो। त्यसैअनुसार पार्टी आइतबार प्रदर्शनमा उत्रन लागेको हो।

राप्रपाको उक्त अभिव्यक्तिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिवार जारी गरिएको विज्ञप्तिमा मन्त्रालयले २०८२ साल वैशाख ७ गते (आइतबार) का लागि तोकिएको निषेधित क्षेत्र उल्लङ्घन गर्ने र सार्वजनिक रूपमा उत्तेजक अभिव्यक्ति दिने कार्यप्रति आपत्ति जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव रामचन्द्र तिवारीले संविधान र कानुनको ठाडो उल्लङ्घन गर्ने गतिविधि सह्य नहुने स्पष्ट पार्दै भने, ‘यस्ता गतिविधिमा संलग्न जो कोहीलाई कानुनी दायरामा ल्याइनेछ। समाजमा हिंसा र अराजकता फैलाउने गैरकानुनी कार्यहरूबाट टाढा रहन सबैमा आग्रह गर्दछौं।’

यसैबीच, शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू गणतन्त्र र संविधानको रक्षाका लागि एक ठाउँमा उभिने सहमतिमा पुगेका छन्। तीनै दलका नेताहरूले संवैधानिक मूल्य–मान्यता जोगाउन आवश्यक कदम चालिने बताएका छन्।

About The Author

अन्य समाचारहरु: