Mon. May 19th, 2025

गाजा क्षेत्र कब्जा गर्ने इजरायलको निर्णय

एजेन्सी । इजरायलले गाजा क्षेत्र कब्जा गर्ने निर्णय गरेको छ । सुरक्षा क्याबिनेट बैठकले गाजा कब्जा गर्ने योजना स्वीकृत गरेको हो । क्याबिनेटले हमास समूहविरुद्ध निर्णायक कारबाही गर्ने, त्यहाँका २१ लाख बासिन्दालाई स्थानान्तरण गर्ने र बन्धक रिहा गर्ने निर्णय गरेको छ ।

यसका लागि हमासविरुद्धको सैन्य कारबाहीलाई अझ व्यापक बनाइने भएको छ । इजरायलले दुई वर्षभन्दा बढी समयदेखि गाजामा निरन्तर आक्रमण गरिरहेको छ । यो बीचमा ५३ हजारभन्दा बढी मानिस मारिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले क्याबिनेटले हमासलाई नष्ट गर्ने र बाँकी बन्धक रिहाईका लागि बलपूर्वक अभियान चलाउने निर्णय गरिएको बताएका छन् ।

यद्यपी, अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि मात्र गाजा क्षेत्र कब्जा गर्ने निर्णय लागू हुने बताइएको छ ।

About The Author

अन्य समाचारहरु: