Mon. May 12th, 2025

प्रचण्ड भन्छन् -‘जादु चलाएर सरकार बनाउने पक्षमा छैनौं’

काठमाण्डौं – पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अहिले आफूहरूको ध्यान सरकार बनाउनेतर्फ आफ्नो ध्यान नभएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीको ध्यान जनतामा जाने भएको पनि बताए । साथै, उनले छिट्टै मध्यपहाडी लोकमार्ग अभियान गइरहेको पनि बताएका छन् । उनले भने, ‘अहिले हाम्रो ध्यान सरकार बनाउनेतिर छैन । हाम्रो ध्यान जनतामै जाने छ, ‘हामी मध्यपहाडी लोकमार्ग अभियान हामी जाँदैछौं । जादु चलाउन चाहे त चल्छ तर अहिले हामी चलाउने पक्षमा छैनौं ।’

उनले आफू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाउने प्रयासमा पनि नभएको पनि बताएका छन् । उनले भने, ‘हामी देउवाजी कसैलाई पनि फकाउने पक्षमा छैनौं । आफ्नै बोझले यो सरकार ढल्छ, जनताको मनबाट त यो ढलिसकेको छ ।’ साथै, उनले सरकारले ल्याएको नीति तथा कार्यक्रम औपचारिक र कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनभावनाअनुसार नभई औपचारिकता पूरा गर्न मात्र ल्याइएको टिप्पणी समेत गरेका छन् ।

उनले सरकारले जनभावना र राष्ट्रको आवश्यकताअनुरुपको नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाउँदै उनले आफूले देशका विभिन्न भागमा जनतासँग संवाद गर्दा उठेका आवश्यकतालाई प्राथमिकतामा राखेर नीति तथा तथा कार्यक्रममाथि धारणा राखेको दाबी गरे ।

About The Author

अन्य समाचारहरु: