
धादिङ । नेकपा (एकीकृत समाजवादी)ले धादिङको १३ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ । एकिकृत समाजवादीको केन्द्रीय निर्णयअनुसार मंगलबार जिल्लाका सबै पालिकामा ज्ञापनपत्र बुझाएको हो ।
स्थानीय समस्यालाई स्थानीय सरकारले नै सम्बोधन गर्नुपर्ने मागसहित सुशासन, रोजगारी, उत्पादन, विकास र समृद्धिका माग अघि सारेर ज्ञापनपत्र बुझाएको नेकपा एकिकृत समाजवादी नीलकण्ठ नगरकमिटिका सचिव निर्मला दुवाडीले बताइन् । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ नाराका साथ स्थानीयदेखि राष्ट्रिय स्तरमा सम्बोधन गर्नेपर्ने मागहरु समेत सार्वजनिक गरेको छ ।
वैशाख १७ गते पार्टीको केन्द्रीय कमिटीले प्रधानमन्त्री केपी ओलीलाई भेटेर ज्ञापनपत्र बुझाएको थियो भने वैशाख १९ गते जिल्ला र प्रदेश कमिटीले पनि ज्ञापनपत्र बुझाएका थिए ।
एकीकृत समाजवादीले पहिलो चरणको आन्दोलन कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी गरेको छ ।