Mon. May 19th, 2025

गल्छीको छागेश्वर मन्दिर प्राङ्गढमा सभाहलको शिलान्यास

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ मा रहेको छागेश्वर महादेव मन्दिरमा सुविधा सम्पन्न सभाहल निर्माण गरिने भएको छ ।

सभा हलको बुधबार प्रतिनिधिसभा सदस्य एवं् बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शिलान्यास गरेका छन् ।
एक करोड ५० लाखमा निर्माण सुरु गरिएको छागेश्वर महादेब र छागादेबीको मन्दिर संरक्षण तथा पर्यटन बिकास समितिका अध्यक्ष खेम प्रसाद अमगाईले जानकारी दिए । साहासिक कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालिले हल निर्माणको जिम्मा पाएको छ ।

चालु आर्थिक वर्ष २०८१÷२०८२ मा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । तीन सय जना क्षमताको हल निर्माणबाट राजनैतिक सभा सम्मेलन, बिबाह ब्रतबन्ध लगायत सामाजिक महत्वको काममा प्रयोग हुने समितिका अध्यक्ष अमगाईले जानकारी दिए ।
सभाहल शिलान्यास कार्यक्रममा गल्छी गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारी, जिल्ला समन्यन समिति धादिङका पूर्व प्रमुख जगन्नाथ नेपाल, राजनैतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानिय समाजसेवीहरु उपस्थित थिए ।

छागेश्वर मन्दिर धादिङ, नुबाकोट र रसुवा तिनै जिल्लाको धार्मिक, संस्कृतिक र सामाजिक गतिबिधिको केन्द्र बिन्दु मानिन्छ ।

About The Author

अन्य समाचारहरु: