Mon. May 19th, 2025

असफलताबाट पाठ सिक्ने वेला आएको छ : सुहाङ नेम्वाङ

काठमाडौं – नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अब केवल योजनाको चर्चा होइन, अनुभूति हुने विकास खोजेको बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसदमा बोल्दै उनले जनजीविकासँग जोडिएका आकांक्षाहरू अझै अधुरा रहेको बताए । ‘असफलताबाट पाठ लिँदै, जनताको विश्वाससहित अघि बढ्नुपर्ने समय आएको छ,’ नेम्वाङले भने ।

नेम्वाङले शिक्षा, स्वास्थ्य, रोजगारी, र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिँदै युवालाई सशक्तिकरण, सीप विकास र उद्यमशीलतामा लगानी गर्नुपर्ने धारणा राखे । उनले यो नीति तथा कार्यक्रम केवल खर्च गर्ने दस्तावेज नभई दीर्घकालीन रणनीतिक लगानीको आधार भएको बताए ।

About The Author

अन्य समाचारहरु: