Fri. Jul 19th, 2024

साफ च्याम्पियनसिपमा नेपाल र भारत एकै समूहमा

SAFF_2015

३० भदौ काठमाडौं –  साफ च्याम्पियनसिप फुटबलमा नेपाल र भारत एकै समूहमा परेका छन् । यो वर्षबाट साफ सुजुकी कप नाम दिइएको प्रगियोगिताको ११ औं संकरण डिसेम्बर २३ देखि भारतमा हुनेछ ।

बुधबार सार्वजनिक ड्रमा नेपालसँगै भारत, श्रीलंका र पाकिस्तान समूह एमा परेका छन् । समूह बीमा साविकको विजेता अफगानिस्तानसँगै माल्दिभ्स, भुटान र बंगलादेश छन् ।

नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग डिसेम्बर २३ मा खेल्नेछ । दोस्रो खेल २५ तारिखमा पाकिस्तानसँग छ भने समूह चरणको अन्तिम खेल भारतसँग २७ डिसेम्बरमा हुनेछ ।

दुबै समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन् भने फाइनल जनवरी ३ मा हुनेछ ।

About The Author

Loading...

अन्य समाचारहरु: