Mon. May 19th, 2025

टी–२० महिला विश्वकप: एशिया छनोटमा आज नेपाल र बहराइन खेल्दै

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप सन् २०२६ को एशिया छनोटमा नेपालले आज बहराइनसँग खेल्दैछ । खेल थाइल्याण्डमा बिहान पौने ९ बजे शुरू हुनेछ ।

हिजो हङकङसँगको खेल वर्षाले मैदान ओसिलो हुँदा हुन सकेन । एशिया छनोटमा नेपालसँगै आयोजक थाइलयाण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएईको सहभागिता रहेको छ ।

नेपाल बहराइन र हङकङसँगै समूह ‘सी’ मा रहेको छ । नेपालले मङ्गलवार फेरि हङकङसँग र बुधवार बहराइनसँग खेल्ने तालिका छ ।

हरेक समूहका टोलीले एकआपसमा दुई पटक खेलेपछि समूहको शीर्ष टोलीले सुपर–३ मा स्थान बनाउनेछ । सुपर–३ बाट शीर्ष दुई टोली ग्लोबल छनोट चरणमा पुग्ने छन् ।

About The Author

अन्य समाचारहरु: