Mon. Sep 16th, 2024

नयाँ संविधानको खुसीयालीमा धादिङको चोक-चोकमा दिपावली

naya sambidan 1

धादिङ – नयाँ संविधान जारी भएसँग धादिङको विभिन्न ठाँउरुमा खसीयाली मनाइएको छ । सदरमुकाम धादिङबेसीका बजार,घर तथा चोक चोकमा खुसीयाली स्वरुप मोटरसाइकल ¥याली तथा दिप पै

नेपाल बन्द भन्नसाथ बन्द हुने पृथ्वीराजमार्ग र जिल्ला सदरमुकाममा माओवादी विप्लव समुहले गरेको बन्दलाई अवज्ञा गर्दै सदरमुकामका सबै पसलहरु खुले भने पृथ्वीराजमार्गको वैरेनीबजार र आसपासका सर्वदलिय युवाहरुले खुशीयालीमा मोटरसाईल र्‍याली निकाले ।

naya sambidan 2

नेपाली कांग्रेस, जिल्ला कार्य समितीले लुम्बिनीबाट ल्याएको दियोले क्याम्पस चोकमा ६५ वटा दीप प्रज्वलन गरेर खुसीयाली मनाए । यस्तै, एमाओवादीले बीच बजारमा दिपावली गरेर खुसीयाली मनाएको छ भने नेकपा एमालेले पनि पुछार बजार चोकमा सडकमै सुर्यको चिन्ह अंकित झण्डा बनाएर दिपावली गरेको छ । एमाओवादीले पनि बीचबजारमा पार्टीकै झण्डा र नेपालको झण्डा बनाएर दिपावली गरेको थियो । स्थानीय चाईल्ड ग्रुप नाम संस्थाले पुछारबजारबाट नेपालको राष्ट्रियझण्डा सहित र्‍यालीको आयोजना गरि बजार परिक्रमा गरि बीचबजारमै दिपावली गरेको छ । स्थानीयवासी व्यापारीहरुले समेत सडकमै नेपालको झण्डा बनाई दिप बालेर नयाा संविधानलाई हार्दिक स्वागत लेखेका छन् ।

दिपावली हेर्न सदरमुकामवासीहरु सबै सडकमा स्वागतका नारावाजी गर्दै उर्लिएका थिए । यसै अवसरमा नेविसंघ धादिङले सर्वदलिय युवाहरुलाई भेला गरि बन्दको अवज्ञा गर्दै सदरमुकाम बजारमा मोटरसाईकल र्‍यालीको आयोजना गरेको छ । सबै राजनीतिकदलहरुले गाविस स्थित पार्टीका अगुवाहरुलाई घर घरमा दिपावली गर्न निर्देशन दिएका छन् । सदरमुकामवासीले दिपावली गर्न बिहानै देखि मैनवत्तीको जोहो गर्दै थिए ।

About The Author

अन्य समाचारहरु: