Wed. Apr 17th, 2024

‘वडा नं. ६’ ले सातामै कमायो एक करोड

oda-number-6-1-600x330

काठमाडौँ – असोज १ गते उपत्यकामा प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘वडा नं ६’ले एक हप्ता नबित्दै एक करोड रुपैयाँमाथिको व्यापार गरेको छ ।

हाँस्य टेलिशृङ्खला ‘तितो सत्य’, जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ समूहका कलाकारको प्रस्तुति रहेको उक्त चलचित्र राजधानीमा तीन जिल्लाका २४ ‘चित्र मन्दिर’मा प्रदर्शन भइरहेको छ ।

चलचित्रले सोचेभन्दा पनि ज्यादा दर्शकको माया पाएको छु, आफ्नो चलचित्र दर्शकले अति रुचाएको बताउँदै कलाकार दीपाश्री निरौलाले भनिन्, चलेको एक हप्ता नपुगी करोडको व्यापार गर्नु चानचुने कुरा हैन ।

करिब ८० लाखको लगानीमा बनेको यो चलचित्रले रिलिज हुनु अगाडि चर्चा बटुलेको थियो । उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा दीपाश्रीसँगै दीपकराज गिरी, जितु नेपाल, प्रियंका कार्की, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री र दयाहाङ राईलगायतका कलाकारको अभिनय छ ।

टेलिभिजनमार्फत दर्शकको मन जितेका हाँस्य कलाकारको निर्माण र अभिनय भए पनि चलचित्र माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शकको मनमा छाप छोड्न सकेको विश्लेषकको भनाइ छ ।

यो वर्ष ‘रिलिज’ भएका चलचित्र ‘रेशम फिलिली’, ‘होस्टेल रिर्टन्स’, ‘भैरव’ र ‘लव सव’ मध्ये ‘वडा नं ६’ सर्वाधिक सफल हुने अनुमान गरिएको छ ।

चलचित्र यही असोज १५ गतेदेखि उपत्यका बाहिर प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ । रासस

About The Author

Loading...

अन्य समाचारहरु: