Tue. Jul 16th, 2024

मलेसियामा सुतेकै ठाउँमा एक नेपालीको मृत्यु

malesiya
९ असोज, मलेसिया– रोजगारीका लागि मलेसिया आएका एक नेपालीको ज्यान गएको छ ।

रोजगारीका लागि मलेसिया आएका भोजपुरको दोभाने–७ तेन्दोका नन्दराज राईको सुतेकै ठाउँमा ज्यान गएको हो ।३७ वर्षका राईको गएको मंगलबार ज्यान गएको राईसँगै काम गर्ने रेवस विष्टले जानकारी दिए ।

क्वालालम्पुर स्थित जनाल आम्पाङको एक होटलमा क्लिनरको रुपमा कार्यरत राई बिहान अबेरसम्म पनि काममा नआएपछि कोठामा हेर्दा मृत अवस्थामा भेटिएको विष्टले बताए । ६ महिना अघि मलेसिया आएका राईको शव पोष्टमार्टमका लागि क्वालालम्पुरकै अस्पतालमा राखिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: