Fri. Apr 18th, 2025

नमस्ते ग्रामीण विकास समाज धादिङलाई कर्मचारी आवश्यकता

प्रकाशित २०७२ असोज ११ गते सोमबार
नमस्ते ग्रामीण विकास समाज २०६३मा स्थापित भई लापा गा.वि.स.को समग्र विकासमा कार्यरत एक गैरसरकारी संस्था हो । यसले २०६५ साल देखि यू.एम.एन.धादिङसंग साझेदारीमा निरन्तर कार्यरत सामाजिक संस्था हो ।

यू.एम.एन. धादिङ को आर्थिक तथा प्राविधिक सहयोगमा धादिङ्ग जिल्लाका लापा गाविसमा संचालन हुने Dhading Disaster Response Programme का लागि तपशिलमा उल्लेखित पदहरुमा सिर्जनशिल तथा अनुभबी नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण सहित २०७२ असोज १५ गतेसम्म तपसिलमा उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रित नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्वारलाई मात्र परीक्षमा समावेश गराईनेछ ।
विज्ञापन नं :– १, ०७२/०७३
पद :  कार्यक्रम व्यवस्थापक आवश्यक संख्या : १ जना
मुख्य जिम्मेवारीहरुः
– Dhading Disaster Response  Programme कार्यक्रमको योजना, कार्यान्वयन र मुल्यांकनमा नेतृत्व गर्ने ।
–  समुदायमा सेल्टर, खानेपानी र गोरेटो बाटो निर्माणका कार्यक्रमहरु संचालन गर्ने ।
–  समुदायमा आधारित पोषण लगायत अन्य स्वास्थ्य परामर्शसँग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने ।
–  आयआर्जन लगायत जिविकोपार्जनका विभिन्न क्रियाकलापहरु संचालन गर्ने
– सहकारी विकास र आत्म निर्भर समुहहरुलाई दिगो बनाउन रणनीतिहरु तयार गर्ने ।
– कार्यक्रमको लागि नियुक्ति गरिएको कार्मचारीहरुलाई परिचालन र ब्यबस्थापन गर्ने ।
– जिल्ला स्थित सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्ने ।
शैक्षिक योग्यता र अनुभव विवरणः
–  कार्यक्रम व्यवस्थापकको लागि BA पास गरी ५ बर्ष अनुभब भई दुर्गम क्षेत्रको अनुभब पनि भएको हुनु पर्ने ।
–  कार्यक्रम संयोजक पदमा काम गर्दै आई रहेको अनुभव भएको
– शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, जिविकोपार्जन वा आयआर्जनका क्रियाकलापहरु संचालन सम्बन्धि अनुभव भएको
–  मानवीय जनशक्ति परिचालन सीप भएको ।
–  परियोजना प्रस्ताव लेखन र प्रतिवेदन लेखनमा राम्रो दखल भएको
–  नेपाली अंगे्रजी टाईप राम्रोसँग गर्न सक्ने, MS Word, Excel , Power Point मा राम्रो दक्षता भएको ।
–  विभिन्न विषयहरुमा तालिम सहजिकरण सीप भएको
– अंग्रेजी बोल्न र लेख्न राम्रो दखल भएको
–  मोटरसाईकल चलाउने सीप र लाईसेन्स भएको
–  स्थानीयलाई मान्यता दिईनेछ ।
–  महिला, दलित,जनजाति र पिछाडिएको बर्गलाई बिशेष प्रथामिकता दिईनेछ ।

विज्ञापन नं :– २, ०७२/०७३
पद :  कार्यक्रम संयोजक आवश्यक संख्या : १ जना
मुख्य जिम्मेवारीहरुः
– Dhading Disaster Response Programme  कार्यक्रमको योजना, कार्यान्वयन र मुल्यांकनमा नेतृत्व गर्ने ।
– समुदायमा सेल्टर, खानेपानी र गोरेटो बाटो निर्माणका कार्यक्रमहरु संचालन गर्ने
–  समुदायमा आधारित पोषण लगायत अन्य स्वास्थ्य परामर्शसँग सम्वन्धित कार्यक्रमहरु संचालन गर्ने ।आयआर्जन लगायत जिविकोपार्जनका विभिन्न क्रियाकलापहरु संचालन गर्ने ।
– सहकारी विकास र आत्म निर्भर समुहहरुलाई दिगो बनाउन रणनितिहरु तयार गर्ने ।
–  तोकिएको क्षेत्र र कर्मचारीहरुको परिचालन र ब्यवस्थापन गरी प्रतिबेदन तयार गर्ने ।
–  जिल्ला स्थित सरोकारवालाहरुसंग सम्पर्क समन्वय गर्ने ।

शैक्षिक योग्यता र अनुभव विवरण :
–  कार्यक्रम संयोजकको लागि BAपास गरी ३ बर्ष अनुभव भएको ।
–  शिक्षा, स्वास्थ्य,पूर्वाधार निर्माण, जिविकोपार्जन वा आयआर्जनका क्रियाकलापहरु संचालन सम्बन्धि अनुभव भएको
–  मानवीय जनशक्ति परिचालन सीप भएको ।
– परियोजना प्रस्ताव लेखन र प्रतिवेदन लेखनमा राम्रो दखल भएको
– नेपाली अंगे्रजी टाईप राम्रोसँग गर्न सक्ने, MS Word, Excel , Power Point मा राम्रो दक्षता भएको
– विभिन्न विषयहरुमा तालिम सहजिकरण सीप भएको
–  अंग्रेजी बोल्न र लेख्न राम्रो दखल भएको
–  स्थानीयलाई मान्यता दिईनेछ ।
महिला, दलित, जनजाति र पिछाडिएको बर्गलाई बिशेष प्रथामिकता दिईनेछ ।

विज्ञापन नं : – ३, ०७२/०७३
पद : अनुगमन तथा मुल्याङ्कन अधिकृत संख्या : १ जना
प्रमुख जिम्मेवारीहरुः
–  परियोजनाले तय गरेका सूचकहरुको आधारमा कार्य सम्पादनको अनुगमन गर्ने
– मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण,कार्यान्वयन र दस्तावेजिकरणमा प्राविधिक सहयोग ।
–  संचालित कार्यक्रमहरुको समयमा कार्यान्वयन र गुणस्तरीयता कायम गर्ने ।
–  कार्यक्रममा कर्मचारीलाई अनुगमन तथा मुल्याङ्कन बिषयमा सीप र क्षमता अभिबृद्धि कार्यक्रम गर्ने ।
–  समूदाय तथा संघ संस्थाहरु तथा सरकारी निकायहरुसँग समन्वय,सहकार्य गर्ने सीप भएको ।
–  परियोजना प्रस्ताव लेखन र प्रतिवेदन लेखन तयार गर्ने ।
–  जिविकोपार्जन, शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण र सुशासनको कामको तोकिएको समय, संख्या र गुणस्तरीयता कायम गर्न कार्यक्रमसँग समन्वय र मावबीय जनशक्ति परिचालन तथा गर्ने ।
–  अनुगमन तथा मुल्याङकन समितिलाई सहयोग गरी निरन्तर समन्वय गर्ने ।
–  संस्थागत तथा कार्यक्रमगत अभिलेख तयार गरी ब्यबस्थापन गर्ने ।
–   स्थानीयलाई मान्यता दिईनेछ ।
–  जनजाति र पिछाडिएको बर्गलाई बिशेष प्रथामिकता दिईनेछ ।

योग्यता :
–  अनुगमन तथा मुल्याङ्कन सम्बन्धमा ज्ञान र सीप भएको
–  BA पास गरी तथ्याङ्क व्यवस्थापन क्षेत्रमा २ वर्षको कार्य अनुभव प्राप्त
–  जिविकोपार्जन तथा आय आर्जनका क्रियाकलाप संचालन सम्बन्धि अनुभव भएको
–  समुदाय परिचालन,सहजिकरण सीप भएको ।
–  परियोजना प्रस्ताव लेखन र प्रतिवेदन लेखनमा राम्रो दखल भएको
–  कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने,तथ्याङ्क सफ्ट्वयर चलाउने, Mr Word, Excel , Power Point,Photoshop मा राम्रो दक्षता भएको ।
–  स्थानीयलाई मान्यता दिईनेछ ।
–  महिला, दलित,जनजाति र पिछाडिएको बर्गलाई बिशेष प्रथामिकता दिईनेछ ।

विज्ञापन नं :– ४, ०७२/०७३
पद :  लेखा अधिकृत संख्या :  १
प्रमुख जिम्मेवारीहरुः
–  संस्थाको आर्थिक नियमावली अनुसार दैनिक आर्थिक कारोवारको अभिलेख तथा लेखा राख्ने ।
–  मासिक तथा वार्षिक कार्ययोजना र कार्यान्वयनमा आर्थिक व्यवस्थापन गर्ने ।
–  सामाग्री खरिद दाखिला,निकाशा,तथा ढुवानीका साधन व्यवस्थापन गर्ने ।
–  कार्यक्रममा कार्यरत कर्मचारी तथा संस्थाका पदाधिकारीहरुसँग समन्वय,सहकार्य गर्ने ।
–  बजेट कार्यान्वयन योजना तथा मासिक,त्रैमासिक प्रतिवेदन तयार गर्ने ।
–  कार्यक्रमसँग समन्वय र मावबीय जनशक्ति परिचालन ज्ञान सीप विकासमा सहयोग गर्ने
योग्यता ः
–  लेखा तथा सामाग्री व्यवस्थापन सम्बन्धमा ज्ञान र सीप भएको
–  BBS or BBA पास गरी लेखा व्यवस्थापन क्षेत्रमा ३ वर्षको कार्य अनुभव ।
–  सामाग्री खरिद,स्टोर व्यवस्थापन,वितरण अनुभव भएको ।
–  टीम परिचालन तथा सहजिकरण सीप भएको ।
–  लेखा सफ्ट्वायर संचालन सम्बन्धि ज्ञान तथा सीप भएको
–  कम्प्युटर सीप भएको (नेपाली अंग्रजी टाईप राम्रोसँग गर्न सक्ने, MS Word, Excel , Power Point,Photoshop मा राम्रो दक्षता भएको)
–  स्थानीयलाई मान्यता दिईनेछ ।
–  महिला, दलित,जनजाति र पिछाडिएको बर्गलाई बिशेष प्रथामिकता दिईनेछ ।

विज्ञापन नं :– ५, ०७२/०७३
पद : सबईञ्जिनियर (प्राविधिक) संख्या : २ जना
प्रमुख जिम्मेवारीहरुः
– पूर्वाधार निर्माणहरुको डिजाईन अनुसारको कार्यान्वयनमा सहजीकरण गर्ने ।
–  मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण र कार्यान्वयनमा प्राविधिक सहयोग ।
–  खानेपानी, सेल्टर, साना पूर्वाधार विषय सम्वन्धि तालिमहरु सहजीकरण गर्ने, लेआउट गर्ने र कार्यक्रम अनुगमन गर्ने ।
मासिक प्रतिवेदन तयार गर्ने

आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
–  SLC पास गरी Sub Overseers पनि पास गरेको हुनु पर्ने ।
–  पूर्वाधार निर्माण क्षेत्रमा कम्तीमा २ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको ।
–  समुह, समुदाय परिचालन र सहजिकरण गर्ने सीप भएको ।
–  एकाई प्रतिवेदन लेखनमा राम्रो दखल भएको,कम्प्युटर सीप भएको (नेपाली टाईप राम्रोसँग गर्नसक्ने)
–  समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप भएको, दुर्गम क्षेत्रमा रहेर काम गर्न सक्ने र चाहने
–  स्थानीयलाई मान्यता दिईनेछ ।
–  महिला, दलित,जनजाति र पिछाडिएको बर्गलाई बिशेष प्रथामिकता दिईनेछ ।

विज्ञापन नं :– ६ , ०७२/०७३
आवश्यक संख्या : जेटिए : २ जना (कृषि १ जना र पशुपालन १ जना )
पद : प्राविधिक÷ सामाजिक परिचालक
प्रमुख जिम्मेवारीहरुः
–  समुह व्यवस्थापन र समुदायका सदस्यहरुको विकासका लागि विषयहरुको उठान तथा सहजीकरण गर्ने ।
–  मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण र कार्यान्वयनमा प्राविधिक सहयोग ।
–  दिगो जिविकोपार्जन लगायत विभिन्न विषय सम्वन्धि तालिमहरु सहजीकरण गर्ने र कार्यक्रम अनुगमन गर्ने ।
–  मासिक प्रतिवेदन तयार गर्ने
आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
– कम्तीमा जेटिए (JTA) पास गरेको
–  आयआर्जन,पशुपालन वा कृषि क्षेत्रमा कम्तीमा २ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको ।
–  समुह, समुदाय परिचालन र सहजिकरण गर्ने सीप भएको ।
–  एकाई प्रतिवेदन लेखनमा राम्रो दख्खल भएको, कम्प्युटर सीप भएको (नेपाली टाईप राम्रोसँग गर्नसक्ने)
–  समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप भएको, दुर्गम क्षेत्रमा रहेर काम गर्न सक्ने र चाहने
–  सामाजिक परिचालन सम्बन्धि २ बर्षको अनुभब भएको ।
–  स्थानीयलाई मान्यता दिईनेछ ।
–  महिला, दलित, जनजाति र पिछाडिएको बर्गलाई विशेष प्रथामिकता दिईनेछ ।

आवश्यक संख्या : सामाजिक परिचालक (ट्रमा हेलिङ १ जना र सेल्टर १ जना)
पद : २ जना
प्रमुख जिम्मेवारीहरुः
–  समुह व्यवस्थापन र समुदायका सदस्यहरुको विकासका लागि विषयहरुको उठान तथा सहजीकरण गर्ने ।
– सेल्टर निर्माण कार्य सम्बन्धि बिषयमा सहजिकरण गर्ने
–  मनोसामाजिक परामर्श गर्ने ।
– मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण र कार्यान्वयनमा प्राविधिक सहयोग ।
–  दिगो पूर्वाधार निर्माण लगायत विभिन्न विषय सम्वन्धि तालिमहरु सहजीकरण गर्ने र
–  कार्यक्रम अनुगमन गर्ने ।
–  मासिक प्रतिवेदन तयार गर्ने
आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
–  कम्तीमा १०+२ पास गरेको
–  पूर्वाधार(निर्माण) को क्षेत्रमा कम्तीमा २ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको । (सेल्टरको लागि)
–  मनोसामाजिक परामर्श सम्बन्धि अनुभव भएको र पराशर्म सीप भएको (ट्रमा हेलिङ)
–  समुह, समुदाय परिचालन र सहजिकरण गर्ने सीप भएको ।
–  एकाई प्रतिवेदन लेखनमा राम्रो दखल भएको,कम्प्युटर सीप भएको (नेपाली टाईप राम्रोसँग गर्नसक्ने)
–  समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप भएको, दुर्गम क्षेत्रमा रहेर काम गर्न सक्ने र चाहने
–  स्थानीयलाई मान्यता दिईनेछ ।
–  महिला, दलित, जनजाति र पिछाडिएको बर्गलाई बिशेष प्रथामिकता दिईनेछ ।
परिक्षाको किसिम :  लिखित, प्रयोगात्मक र अन्तवार्ता
दरखास्त बुझउने ठेगाना : नमस्ते ग्रामीण विकास समाज, लापा–१, धादिङ
ईमेल :  
करार अवधि : १० महिना
पारिश्रमिक :  संस्थाको नियम अनुसार हुनेछ ।
सबै पदको दरखास्त बुझाउने अन्तिम मिति : २०७२ असोज १५ गते ५ :०० बजे सम्म मात्र ।
परिक्षाको किसीम :  लिखित प्रयोगात्मक र अन्तरवार्ता
दरखस्त बुझाउने ठेगानाrecritment.nrds@gmail.com
(नोट : पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार नमस्ते ग्रामिण विकास समाजमा निहित रहनेछ । टेलिफोन सम्र्पकलाई निरुत्साहित गरिनेछ ।
पदपूर्ति समिति
नमस्ते ग्रामीण विकास समाज–धादिङ
नोट : कार्यक्रमको लागि इच्छुक गर्ने व्यक्तिहरुले आपनो कागज पत्रहरु बुझाउनको लागि ठेगान हरियो खर्का, जिबिका होटल पारी धादिङबेशी, धादिङ । कार्यलयमा सम्पर्कको लागि ….
सम्पर्क नं. – ९८६०१५९५०१,

About The Author

अन्य समाचारहरु: