Fri. Jul 19th, 2024

चेल्सी पोर्टोसँग २–१ ले पराजित

chalse

काठमाडौँ – इंग्लिस क्लब चेल्सीले यो सिजन आफ्नो खराब प्रदर्शन जारी राखेको छ । च्याम्पियन्स लिग फुटबलको समुह चरणको चेल्सी मंगलबार राति एफसी पोर्टोसँग पराजित भयो ।

पोर्टोले चेल्सीलाई २–१ ले हराएको हो । ३९ औं मिनेटमा ब्रास आन्द्रेको गोलबाट पोर्टोले सुरुवाती अग्रता लियो । ४५ औं मिनेटमा विलियनले चेल्सीका लागि बराबरी गोल फर्काए । ५२ औं मिनेटमा माइकनले गोल गरेपछि पोर्टो २–१ ले विजयी भयो । जितपछि समुह जी मा रहेको पोर्टो दुई खेलबाट चार अंकसहित समुहको शीर्ष स्थानमा उक्लिएको छ ।

दुई खेलबाट तीन अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । समुह जी अन्तर्गतकै खेलमा माबाबी टेल अविव डाइनामो किएभसँग २–० ले पराजित भएको छ । समहु एच अन्तर्गत मंगलबार राति भएका खेलमा भ्यालेन्सिया र जेनिट सेन्ट पिटर्सबर्ग विजयी भए । भ्यालेन्सियाले लियोनलाई १–० तथा जेनिट सेन्ट पिटर्सबर्गले केएए जेन्टलाई २–१ ले हरायो ।

About The Author

Loading...

अन्य समाचारहरु: