Thu. Mar 28th, 2024

देउराली माविमा गठन गरिएको पहिचान युवा क्लबको अध्यक्षमा संगीता श्रेष्ठ चयन

pahichan youth club
धादिङ  – धादिङको नीलकण्ठ नगरपालिका ८ मा रहेको देउराली माध्यमिक विद्यालयमा पहिचान युवा क्लब को गठन गरिएको छ ।

युवाहरुको क्षमता अभिवृद्धि गर्ने र सकारात्मक सोच को विकास गर्ने उदेश्यले गठन गरिएको क्लबको अध्यक्षमा संगीता श्रेष्ठ रहेका छन् । २५ सदस्यीय क्लबको उपाधक्ष्यमा बोध बहादुर ढुंगाना, सचिवमा पुजा पौडेल , सहसचिबमा सबिना कोइराला र कोषाध्यक्षमा रोशन घले रहेका छन् ।

हेफर इन्टरनेसनल नेपाल, एक्सन नेपाल र साबिकको मुरलीभन्ज्याङ गा.बि.स.को संयुक्त साझेदारीमा संचालित सानाकिसान उख्मीसवलीकरण परियोजना अन्तर्गत क्लबको गठन गरिएको हो । क्लबले आगामी दिनहरुमा विद्यार्थीहरुका लागि विभिन्न रचनात्कम कार्यहरु गर्ने जानकारी गराइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: