Wed. Apr 23rd, 2025

अघोषित भारतीय नाकाबन्दी बिरुद्ध ट्रिपर व्यवसायीको बिरोध ¥याली

12071435_516066828547850_1352988515_n
१५ असोज काठमाडौँ – भारतले लगाएको अघोषित नाकाबन्दी खुलाउन माग गर्दै नेपाल ट्रिपर तथा ट्रक व्यवसायीहरुले शुक्रबार १ घण्टा बिरोध ¥याली गरेका छन् । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति ढुंगेअड्डाबाट नेपाली झण्डासहित शुरु भएको ¥याली कलंकी चोक हुँदै पुन ढुंगेअड्डातर्फ आएर समापन गरिएको थियो ।

¥यालीको समापन गर्दै ट्रिपर तथा ट्रक व्यवसायीहरुले मधेसी नेताको पगरी गुथ्ने राजेन्द्र महतो लगायतका केहि दलाली गर्ने नेताहरुले मधेसी जनतामा भ्रम फैलाएर नेपालमा अघोषित नाकाबन्दी गराउन भारतलाई उक्साएको आरोप लगाएका छन् । ¥यालीको समापनमा बोल्दैै नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष कृष्णप्रसाद पन्तले नेपालको आन्तरिक मामलामा भारतको हस्तक्षेप नसहने बताउनुभयो । अहिलेका प्रमुख राजनीतिक दलका नेताहरुले भारतसामु घुँडा नटेकी संबिधान जारी गरेकोमा धन्यवाद दिदै उहाँले मधेसी नेता राजेन्द्र महतोको दानापानी बन्द गराईदिने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो,“काठमाडौमा दानापानी बन्द गरिदिने भन्ने नेता राजेन्द्र महतोलाई दोस्रो संबिधानसभा चुनावमा मधेसी जनताले हराएर केहि दानापानी कटौती गरिदिएसके । अब नेपाली जनताको दानापानी तपाईले रोक्का गर्ने होईन, अझैपनि तपाईहरु मधेसी जनता र नेपाली बिरुद्ध तपाई लागिरहनुभयो भने तपाईको दानापानी छिट्टै अन्त्य हुनेछ ।”

त्यस्तै समितिका प्रमुख सल्लाहकार हरि डल्लाकोटीले नेपालमा भईरहेको अघोषित नाकाबन्दी भारतको सुरक्षासंग पनि सम्बन्धित रहेको बताउनुभयो । उहाँले नेपालीले नै भारतको नाका नाकामा सुरक्षा दिईरहेको भन्दै नेपालीलाई कमजोर नआँक्न चेतावनी दिनुभयो । उहाँले नेपालीमाथि भईरहेको अन्तर्राष्ट्रिय अपराध रोक्न भारतीय सरकारलाई आग्रह पनि गर्नुभयो । उहाँले भारतीय सरकारी अधिकारीलाई चेतावनी दिंदै भन्नुभयो, “नेपाली जनता अहिलेपनि तिम्रो नाकाको सुरक्षा गरिराखेका छन् । अहिले पनि नागाल्याण्ड र काश्मिरमा नेपाली जनताले सुरक्षाकर्मीकोरुपमा तिम्रो भूमिको सुरक्षा गरिराखेको छ । यो तिम्लाई ख्याल हुनुपर्छ । तर तिमी नेपाली जनतामाथि जो अन्तराष्ट्रिय अपराध गरिराखेका छौ, कि नाकाबन्दी गर्न पाईदैन, यदि सलाईको काँटी सल्कियो भने तिम्रो घर खरानी हुनसक्नेछ । ”

समितिका निवर्तमान अध्यक्ष यादवलाल श्रेष्ठले नाटकीय ढंगले भईरहेको अघोषित नाकाबन्दी कुटनीतिक तवरबाट हटाउन सरकारसँग माग गर्नुभयो ।

About The Author

अन्य समाचारहरु: