Tue. Jul 16th, 2024

प्रधानमन्त्री सुशील कोइरालाद्धारा पदबाट राजीनामा

shusil koirala
१५ असोज काठमाडौं – प्रधामन्त्री सुशील कोइरालाले शुक्रबार पदबाट राजीनामा दिएका छन् ।

संसद्को शुक्रबार बेलुका बसेको बैठकलाई सम्बोधन गर्दै कोइरालाले संविधान जारी भएपछि पद त्याग गर्ने प्रतिबद्धताअनुसार आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । प्रधानमन्त्रीको राजीनामासँगै नयाँ सरकार गठनको प्रकिया पनि सुरु भएको छ ।

प्रधानमन्त्री कोइरालाको राजीनामासँगै एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने बाटो समेत खुल्ला भएको छ । २०७० माघ २७ मा बसेको व्यवस्थापिका संसदको बैठकले नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता सुशील कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: