Fri. Jul 19th, 2024

अनौठो रोग : धादिङका बिद्यार्थी रुख चढ्न थालेपछि

boy-climbing-tree-gif

धादिङ -धादिङको एक विद्यालयका विद्यार्थीमा अनौठो समस्या देखिएको छ । भुमेस्थान गाविसको लिलाकाली माविका धेरै विद्यार्थी एकैसाथ बिरामी पर्ने गरेका छन् ।

बिरामी विद्यार्थीले आफ्नो होस गुमाएर रुख चढ्न थालेपछि शिक्षक तथा अभिभावक चिन्तित भएका छन् । बिरामी विद्यार्थीलाई कसैले नियन्त्रण गर्न नसक्ने र उनीहरु सबैलाई पन्छाएर रुखमा चढ्ने गरेको शिक्षकले बताएका छन् ।
रुखचढेका विद्यार्थी लडेर केही भयो भने के गर्ने रु भन्ने चिन्ताले शिक्षक तथा अभिभावकलाई सताउने गरेको छ । विद्यार्थीमा देखिएको यस्तो समस्याका कारण लिलाकाली माविको पठन पाठन नै प्रभावित भएको छ । कक्षामा पढिरहेका विद्यार्थीमा गएको एक महिनादेखि एकोहोरो हेर्ने, काम्ने, चिच्याउने र रुखमा चढ्ने समस्या देखिने गरेको विद्यालयका प्रधानाध्यापक नवराज थापाले बताउनुभयो ।
रुख चढेका केहीलाई अन्य विद्यार्थी र शिक्षकले सुरक्षित रुपमा तल झारे । एक जना छात्रा भने रुखबाट खसेर गम्भीर घाइते भएकी छन् । उनको खुट्टा भाँचिएकोले उपचार भैरहेको विद्यालयका प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।
कक्षा ७, ८ ९ का छात्राहरुलाई देखिएको समस्या नियन्त्रण गर्न शिक्षकहरु लागि पर्दा विरामी परेका विद्यार्थीहरुले शिक्षकहरुको कपडा समेत च्यातेको थापाको भनाई छ । विद्यार्थी बिरामी पर्ने क्रम नरोकिएको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो । मास हिस्टेरियाको रुपमा रहेको यो समस्या देखिने वित्तिकै विद्यार्थीलाई अस्पताल पठाउने गरेको प्रधानाध्यापक थापाको भनाई छ । उज्यालो अनलाइनबाट

About The Author

Loading...

अन्य समाचारहरु: