Fri. Jul 19th, 2024

एचआईभी संक्रमित भएपछि सामाजिक बहिस्कार अनि छोरीमाथि बलात्कार

pidit-mahila
नुवाकोट–एचआईभी संक्रमित भएकै कारण १२ वर्षदेखि सामाजिक बहिस्कारमा परेर बाँच्नुको व्यथा त छँदै थियो । अझैँ त्यसमाथि छिमेकीले गर्ने बलात्कार र न्याय पाउनुको साटो तिरस्कारै तिरस्कार मात्र भोगिरहेकी नुवाकोट खानिगाउँकी एक विद्यवा महिलाको दर्दनाक कहानी सुन्दा जो कोहीको पनि आङ जिरिङ्ग हुन्छ । तर, अझपनि सदरमुकाम नजिकैको वस्तीमा गाउँलेबाटै यातना भोगिरहेकी अबला महिलाको हारगुहारप्रति राज्य नै बेखबर छ ।

एचआईभीको पीडा बोकेर संघर्षमा बाँचिरहेकी खानिगाउँ–१ रावलस्वाँराकी ४२ वर्षिया राधिका नेपाल ९नाम परिवर्तन० १२ वर्षअघि संक्रमित भएको थाहा पाएपछि आफन्त र गाउँलेबाट पानीसमेत नचल्नेगरी सामाजीक रुपमै बहिस्कृत भइन् । त्यतिबेला एचआईभीकै कारण श्रीमान्को मृत्यु भएपश्चात् अ‍ैँचोपैँचो, मेलापर्मका लागि अछुत राख्दै पानी कटाइएकी उनको पीडा यतिमा मात्रै सिमित रहेन ।

बाँच्ने सहारा बनेकी एकमात्र अपाङ्ग र नाबालिक छोरीमाथी बलात्कार र आफूलाईसमेत परपुरुषसँग अनैतिक यौनसम्बन्धको आरोपमा अर्कैसँग भिराइदिएर पठाइदिने दिनदिनैको धम्कीले राधिका मुर्छित छिन् । ‘एड्स रोग पालेर बसेकी आइमाई भन्दै घृणा गर्छन् । गाली व्यइजती र कुटपीट त कति हो कत्ति भनिसाध्य छैन, जीवनदेखि नै हार खाइसकेकी राधिका बिलौना गर्दै भन्छिन्, ‘म माथी त ज्याजती गरे–गरे, मेरो बालखा अपाङ्ग छोरीलाईसमेत छोड्नन् र बलात्कार गरे ।’

दोशीलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएपछि नातागोता र गाउँका सबै आफूमाथी खनिएको उनी बताउँछिन् । ज्याजती भएको सहन नसकेर सहयोगको लागि बोलिदिनेलाई समेत ति व्यक्तिहरुसँग उनको अनैतिक यौन सम्बन्ध रहेको आरोप लगाइएका छन् । एचआईभी पीडित भएर बाँच्न बाध्य उनलाई सहानुभूति र सहयोग त कता हो कता, झन् यातना, तिरस्कार र बहिस्कार गर्ने समाजबाटै छोरीको अस्मिता लुटिएको घटनाले समाजमा विकृतिको रुप अझैँ मौलाइरहेको समामाजीक क्षेत्रमा क्रियाशील संस्था कोसेली नेपालकी अध्यक्ष अस्मिता थापाको ठम्याई छ । ‘मानविय संवेदना हराउँदै गएको समाजमा दण्डहिनताले प्रशय पाउनु राज्यको लागी ठूलो चुनौती हो, थापाले भन्छिन्, ‘यस्ता घटनाबाट पीडित महिलालाई राज्यले न्याय दिन आलटाल गरिरहेको छ ।’

एक महिनाअघिमात्रै उनीसँग बस्दै आएकी सुस्तमनस्थिति अवस्थाकी १४ वर्षिय नाबालक छोरी छिमेकी एक वृद्धबाटै बलात्कारको सिकारमा परिन् । असार १ गतेका दिन दिउँसो ६२ वर्षिय विष्णुबहादुर खड्काले नातिनीसँग मितिनी लगाउने भन्दै घरमा बोलाएर बलात्कार गरेका थिए । हजुरबुबासँग मितिनी लगाएको भन्दै छोरीले पटक–पटक भनिरहने र बर्बराउँदै खड्काको घरमा छट्पटाउँदै गइरहने छोरीको अस्वभाविक गतिविधिले आमा शान्तालाई सोच्न बाध्य बनायो ।

‘मितिनी लगाएको भन्ने कुराले सुरुमा त संक्रान्तिको दिन टिका लगाइदिए होलान् भन्ने सोचेँ, आमा राधिकाले भनिन्, ‘तर त्यो दिन निधारमा टिका थिएन । जतिखेर पनि भेट्नासाथ मितिनी भन्दै बुढाको हातमा समातेर देखाउन थालेपछि बलात्कार गरेको थाहा पाएँ ।’ कहाँ मित लगाएको भनेर सोध्दा छोरीले कपडा खोलेर आफ्नो यौनाङ्ग देखाएपछि विश्वस्त भएकी राधिकाले संघसंस्थाको सहयोगमा असार १६ मा प्रहरीमा जवर्जस्ती करणीविरुद्ध उजुरी गरेकी थिइन् । जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले नुवाकोट जिल्ला अदातलमा मुद्दा दायर गरी छानविन गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यसपछि दोसी खड्काको परिवार र गाउँलेहरुले आफूविरुद्ध खनिँदै गाउँ छोड्न दबाब दिइरहेको उनले बताइन् । ‘बिना प्रमाण जेलमा थुनाइस् भनेर दागा धर्छन्, मलाई बसिखान दिएनन्’–राधिकाले भनिन् । आमा छोरीलाई नै गाउँमा राख्न नदिने धम्की बारम्बार आएपछि उनले पीडित छोरीलाई संघसंस्थाको जिम्मा लगाएर पठाइसकेकी छिन् । खड्कालाई पक्राउ गरेपछि रातीराती आएर आफ्नो टहरोमा मार्छु भन्दै दिनदिनै छिमेकीहरुले आतंक मच्चाएको उनले गुनासो पोखिन् ।

खड्काका जेठो छोरालेसमेत आफ्नो बाबुको जिम्मा नलिए जे पनि हुनसक्ने धम्की दिएको बताउँछिन् । ‘उसले महिनावारी भए भैहाल्यो, नत्र औषधी ख्याएर हुन्छ कि के हुन्छ गर भनेको छ, राधिकाले बलात्कारको वास्तविकता पहिल्याउँदै भन्छिन्, ‘यही दबावले पनि धेरै शंका लागेको छ ।’ यसअघि भने यस्तो चरित्र नदेखाएका खड्का छोरीले बताएअनुसार दोशी नै भएको उनको ठम्याई छ । ‘छानबिन भएर दोशी हुन् भने कडा कारबाही होस्’, राधिकाको यही मात्र माग छ । तर, आफूलाई नजिकका आफन्तहरुले समेत यस्तो विपद्को बेला साथ नदिएको भने उनको दुःखेसो छ ।

घरनजिकै विद्या निकेतन प्राविमा पियनको रुपमा काम गर्दै आएकी उनलाई ५ वर्षअघि पनि गाउँलेहरु र विद्यालयका शिक्षकहरुको दबाबमा विद्यालयबाट निकालिएकी थिइन् । विद्यार्थीहरुलाई एचआईभी सार्ने खोजेको आरोपमा निकालिएकी उनलाई त्यस बेलादेखि नै बाटोघाटो हिँड्न, कसैलाई छुन र धारो पँधेरो प्रयोग गर्नबाट अहिलेसम्म बञ्चित गरिएको छ ।

त्यतिबेलाको दुई महिलाले हामी तिमिसँग बस्छौँ, तिम्रो जुठो खान्छौँ भन्दै साथ नदिएको भए ज्यान गुमाइसक्ने राधिका बताउँछिन् । ‘अनेक रोग पालेर बसेकी छे भन्छन् सबैले थुक्छन्, के मैले यो धर्तीमा बाँच्न नपाउने नै हो त रु–उनले भक्कानिदै प्रश्न गरिन् ।

About The Author

Loading...

अन्य समाचारहरु: