Fri. Jul 19th, 2024

कंकालिनी प्राविको अभिभावक दिवस, संघसस्था र व्यक्तिहरुलाई सम्मान

???????????????????????????????

धादिङ – धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ८ मा रहेको मेलमिलाप कंकालिनी प्राथमिक विद्यालयले शुक्रबार २४ औं अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

samman 2

कार्यक्रमको अवसरमा बैशाख १२ गतेको भुकम्पपछि विद्यालय नियमित संचालनको लागि सहयोग गर्ने संघसस्था र व्यक्तिहरुलाई सम्मान गरेको छ । विद्यालयमा अस्थाई टहरा र खानेपानी निर्माण गरेर सहयोग गरेकोमा प्रयास नेपाल धादिङलाई सम्मान गरेको हो ।

विद्यालय संचालनको लागि विभिन्न क्षेत्रबार सहयोग गरेकोमा स्थानीयहरु राजकुमार श्रेष्ठ, गणेश ढुगाना, प्रकाश कुमार श्रेष्ठ, कृष्णप्रसाद कोइराला र च्वाइस नेपालका विमल घिमिरेलाई सम्मान गरिएको हो ।

About The Author

Loading...

अन्य समाचारहरु: