Sat. Jul 20th, 2024

गोरखाका दुई अस्पतालबीच सहकार्य गरी गुणस्तरीय सेवा दिने तयारी

Gorkha-District-685x532

२४ असोज, गोरखा – आँपपीपल अस्पताल र जिल्ला अस्पताल गोरखाको सहकार्य गरी बिरामीलाई गुणस्तरीय सेवा दिने तयारी गरिएको छ । विगत १३ वर्षदेखि आँपपीपल अस्पताल सञ्चालनका लागि आर्थिक सहयोग गर्दै आएको जर्मनीस्थित ‘नेपाल मेड’ नामक संस्थाको पहलमा दुवै अस्पताललाई एउटै सञ्जालमा ल्याउनेबारे छलफल भइरहेको छ ।

एनआरएनका संस्थापक सदस्य तथा जर्मनीस्थित वाणिज्यदूत रामप्रताप थापाको संयोजनमा दुवै अस्पतालबीच कसरी सहकार्य गर्न सकिन्छ भन्नेबारे छलफल सुरु भएको हो । भूकम्पपछि स्वास्थ्य संस्था, जिल्ला अस्पताल त्रिपालमुनि सञ्चालन गर्नुपरेको अवस्थालाई ध्यानमा राखेर छिट्टै स्थायी भवन निर्माण गरी स्वास्थ्य सेवा गुणस्तरीय बनाउनुपर्ने धारणा अस्पताल विकास समितिका अध्यक्ष बाबुराम थापा बताउछन् ।

उनका अनुसार सरकारी मापदण्डअनुसार भवन बनाउन कम्तीमा पाँच वर्ष लाग्छ । गोरखा अस्पतालमा दिनहुँ ३०० को हाराहारीमा बिरामी आउँछन् । आँपपीपल अस्पतालमा पनि दिनहुँ १५० भन्दा बढी बिरामीले उपचार सेवा लिँदै आएका छन् । रासस

About The Author

Loading...

अन्य समाचारहरु: