Fri. Jul 19th, 2024

पेशागत महासंघ धादिङको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

uvakamana
२४ असोज,  धादिङ – पेशागत महासंघ जिल्ला शाखा धादिङले नजिकिदै गरेको शुभ विजयदशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

आइतबार मदन आश्रित स्मृति भवन धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो ।  कार्यक्रममा २०७२ सालको सुरुवातिमा गएको भूकम्पले ल्याएको विपद् र त्यसपछि बनेको संविधानको खुसीका बारेमा पनि चर्चा गरिएको थियो ।

पेशागत महासंघ जिल्ला समन्वय समिति धादिङका अध्यक्ष कृष्णप्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कार्य समिति धादिङका सदस्य कुलमान विक, अनेरास्ववियु धादिङका सचिव दोलख गुरुङ लगायतको सहभागीता रहेको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: