Fri. Jul 19th, 2024

यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालको शानदार सुरुवात

Nepal-U-19

२८ असोज, काठमाडौं – यू-१९ विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीमाथि ९ विकेटको शानदार जित हात पारेको छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर फिल्डिङ रोज्ने नेपालको निर्णय सही सावित भयो । पहिले व्याटिङ गरेको पपुवा न्यूगिनी २८.२ ओभरमा ४८ रन जोड्दा अलआउट भयो ।

जवाफमा नेपालले ९.१ ओभरमा १ विकेट गुमाएर लक्ष्य भेट्टयो । सुनिल धमलाले अविजित २४ र योगेन्द्र सिंह कार्कीले १६ रन बनाए । सन्दिप सुनार ४ रन बनाए ।

About The Author

Loading...

अन्य समाचारहरु: