चिरञ्जीवी गौतम –
पानी तिम्रो चञ्चले बानी
आकाशमा जानी कि नजानी
उड्न कैले सिक्यौ तिमी बग्न कैले सिक्यौ ?
यतिले नि नपुगेर जम्न कैले सिक्यौ ?
आकाश पाताल कुवा धारा बानी तिम्रो चर्ने
रुप फेर्ने तिम्रो जिवन हाम्लाई मन पर्ने
पानी तिम्रो डरलाग्दो बानी
अब हाम्लाई घुमाउनकाँ लांनी ?
हुस्सु कुईरो बाफ बरफ कैले तिमी बादल
यति धेरै नाच्ने तिमी खै त तिम्रो मादल
पानी बनि तल जान्छौ वाफ बनि माथी
कति मजा आउथ्यो होला बन्न पाए साथी
पानी तिम्रो छेपारे बानी
हाम्लाई आकाश लानि कि नलानी ?
पानी तिम्रो चञ्चले बानी
घुम्न सागर लानि कि नलानी ?